काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिनु भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् ।
सुन प्रकरणपछि शुक्रबार विहान त्रिभूवन विमानस्थल भन्सार कार्यालयको अुनगमनपछि पत्रकारसंग उनले संगठित ढंगले सरकारको भ्रष्टाचार विरोधि अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।
सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘तपाईलाई लाग्यो ? त्यस कारण यो प्रश्नै होइन् । म चाँहि चुनौति दिन्छु । यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं । यसमा आम जनताको सर्मथन छ । संगठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ । कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ । हामी विचलित हुनेवाल छैन् ।’
उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषिलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए । आवश्यक परे राज्यका अन्य अंक परिचालन गरेरै भएपनि घटनाको रुटमा पुग्ने उनको दृढता छ ।
उनले भने ‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबे अधिकारीहरुलाई त्यही रुपमा निर्देशन दिएको छु ।’
आवश्यकता पर्यो भने अपराध अनुसन्धान विभागले समेत अनुसन्धान थाल्ने उनेको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया