गृहमन्त्री श्रेष्ठ विमानस्थल निरीक्षणमा,  भन्छन्–‘कुनै वादका आधारमा कोही उम्किँदैन’ (भिडियोसहित) 

लोकपथ
70
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

बुधबार करिब १०० केजी सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि पत्रकारहरुसँग बोल्दै गृहमन्त्री श्रेष्ठले विमानस्थल हुँदै बाहिरिएको सुन काण्डका बारेमा जरैसम्म पुगेर अनुसन्धान हुने उनले बताए ।
‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

त्यसैगरी आफू र वर्तमान सरकार भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका कारण कुनै पनि वादको आधारमा कोही पनि नउम्किने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ गृहमन्त्री श्रेष्ठले भने ।

विमानस्थल निरीक्षणमा गृहमन्त्रीसहित प्रहरी प्रमुख वसन्तबहादुर कुँवर लगायत अन्य सुरक्षा निकायका पदाधिकारीहरु समेत रहेका थिए ।

https://www.facebook.com/ShresthaNarayanKaji/videos/286927773877288

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?