कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

लोकपथ
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए ।

उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?