लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ : नेता कोइराला

लोकपथ
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताए ।

अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यही शिक्षा हासिल गर्दै युवालाई उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरे ।

राजनीति विश्लेषक तथा पूर्वसांसद लालबावु यादवले २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उग्रस्वभावका विद्यार्थी नेता लाओस राईसँग आन्दोलनमा चिनजान भएको बताउँदै किताब लेखन गरेर राष्ट्रवादका बारेमा बहसको वातावरण सिर्जना गरेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?