३ आश्विन २०७८, आईतवार

निर्वाचन कुनै पनि हालतमा रोकिदैन : प्रमुख निर्वाचन आयुक्त

२०७४,कार्तिक,८,बुधबार १६:२५


 राजविराज, ८ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन् निर्वाचन तयारीका क्रममा सप्तरी आएका  डा यादवले आज राजविराजमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै चुनाव रोकिने कार्य अब महाअपराध हुने जिकिरसमेत गरे उनले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गरे उनले चुनावका बेला पार्टीको झण्डा, चुनाव चिह्न अंकित टिसर्ट, टोपी, गम्छालगायत अन्य सामग्री राजनीतिक दलले बाँड्नसक्ने तर सोही सामग्री गरिब, दुःखी एवं बाढीपीडितलाई ती दलले दिन नसक्ने कार्यप्रति दुःखसमेत व्यक्त गरे प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा कुनै स्थानीय नेताहरुले त्यस्ता सामग्री प्रयोग गरेको भेटिए त्यसको स्पष्टीकरण पार्टीको केन्द्रीय कार्यालयलाई सोधिने बताए सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापक उम्मेदवारको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न उनले स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए उनले दुवै निर्वाचनका लागि एउटै मतपत्र छापिने बताउँदै स्थानीय निर्वाचनमा २ नं प्रदेशका जनताले जसरी उत्साहपूर्वक सहभगिता जनाए झैँ आउँदो निर्वाचनमा पनि सहभागिता जनाउन जनतासमक्ष आग्रह गरे सो कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानासहित चारवटै क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१