काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आर्थिक वर्ष २०७९र०८० को वार्षिक अपराध अनुसन्धान प्रगति समिक्षा सार्वजनिक गरेको छ ।
बिहीबार समिक्षा सार्वजनिक गर्दै सिआइबीले समाजजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधीको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकोले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुदै गइरहेको जनाएको छ ।
सो अवधिमा सिआइबीले गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । सो अवधिमा ४३ वटा मुद्दा दर्ता भएको छ भने विभिन्न प्रकरणमा १२५ जना पक्राउ परेका छन् । जसमा सबैभन्दा धेरै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात ९एक्सटर्सन० सम्बन्धी कसूरमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको र पक्राउ गरिएको तथ्यकंकले देखाएको छ । जसमा २६ वटा मुद्दा दर्ताए भए भने ७५ जना पक्राउ परेका छन् ।
त्यस्तै जुवा सम्बन्धी कसूरमा २ वटा मुद्दा दर्ता र ११ जना पक्राउ परेका छन् । त्यस्तै नागरिकता ऐन तथा लिखत सम्बन्धी कसूरमा १ उटा मुद्दा दर्ता १ ज ना पक्राउ परेका छन् ।
त्यसैगरी ज्यानसम्बन्धी कसुमा विगत मिति २०७८ साल असोजदेखि २०८० साल बैशाखसम्म घटित १० वटा ज्यान सम्बन्धी कसुरमा घटना घट्दाका बखत खुल्न नसकेकका संलग्न २६ व्यक्तिहरुको पहिचान गरी कानूनी दायरामा ल्याइएको सिआइबीले जनाएको छ ।
त्यसैगरी केही पुराना हत्याका घटनामा समेत सिआइबीको टोलीले यस वर्ष संलग्नलाई कानुनी दायरामा ल्याउन सफल भएको छ । जसमा १९ वर्ष पुरानो अर्थात् २०६१ सालमा घटित रुपन्देही मायादेवी गाउँपालिका–७ मा भिमबहादुर यादवलाई ०६१ वैशाख १८ गते कुटपिट गरी छुरा हानेर फरार रहेका जितेन्द्र भरलाई यही अवधिमा पक्राउ गरी कानुनी कारबाहीका लागी बुझाएको छ ।
त्यस्तै २०६१।०८।२४ गते रुपन्देही दुधराक्ष गा.वि.स.-३ बुद्धनगर स्थित आफ्नै घरको कोठामा राधिका दर्जीलाई चिर्पटले हानी हत्या गरी बारदात पश्चात फरार रहेका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई मिति २०८०।०१।१३ गते पक्राउ गरी कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा बुझाईएको सिआइबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया