काठमाडौं । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
मलहोत्राले आज पत्रकार सम्मेलन गर्दै सुन ल्याउने गिरोह जोगाउन आफ्नो नाम जोडिएको बताएका हुन् । सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको पनि उनले प्रस्ट्यानएका छन् ।
‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’ उनले भने ।
‘म यो खालको धन्दामा कहिल्यै छैन । मलाई अहिलेसम्म प्रहरी प्रशासनबाट सोधपुछ पनि भएको छैन । तर, साढे ६ बजेबाट साथीभाइको फोन आइरहेको छ । दुई-तीन सय फोन रिसिभ गरिसकेँ,’ उनले थपे ।
प्रधानमन्त्री र शीर्ष नेताहरूसँगको तस्बिरबारे पनि उनले प्रष्टीकरण दिए ।
‘म नेपाल चेम्बर अफ कमर्सको भाइस प्रसिडेन्ट पनि हुँ । मैले व्यापारिको समस्या लिएर नेताहरुकहाँ जानुपर्छ । त्यही क्रममा खिचिएका फोटा होलान्, त्यो ठूलो कुरा होइन,’ उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया