महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपालले महामन्त्री गगन थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डालाई बेमौसमी बाजा जस्तो भएको बताएकी छन् ।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले गठबन्धनकै कारणले पहिलो पार्टी बन्न सफल भएको बताएकी हुन् ।

उनले भनिन ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ यो मलाई बेमौसमको बाजा जस्तो लाग्छ । किनभने भर्खरै मात्र हामीले हामीले अधिवेशन सकेका छौँ। यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौँ । हामीले काम गर्ने मौका दिनुपर्छ । परिवर्तनको कुरालाई गम्भिर रुपमा लिन सबैलाई आग्रह गर्दछु । ’

केन्द्रीय सदस्य नेपालले अनुशासन समितलिाई पुर्णता दिनु पर्ने र कांग्रेसलाई यो बैठकबाट गुटमुक्त बनाएर लानु पर्ने बताइन् । यो बैठकले गुट उपगुटको प्रवित्तलाई अत्य गर्ने विश्वास लिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?