सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा

लोकपथ
0
Shares

काठमाडौं । करिब सय किलो सुन त्रिभूवन विमास्थलको भन्सार कार्यालयबाट पास भएको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले छानविन थालेको छ ।

भन्सार विभागको एक टोली अहिले त्रिभूवन विमास्थल भन्सार कार्यालय पुगेको छ । राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बुधबार बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो ।

अहिले विभागको टोली त्रिवि भन्सार कार्यालयमा अनुसन्धानमा व्यस्त छ । यस अघि बुधबार जाँचपास गर्ने क्रममा कार्यालयका शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । उनीहरुले दुबैलाई निलम्बन गर्ने तयार विभागले गरेको छ।

करिब एक क्वीन्टल सुन बरामद प्रकरणमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ छिरिङ थुप्नेन पक्राउ परेका हुन् ।

दिलिप भुजेल सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने सुन पास गराउन सहयोग गर्ने राम कुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मुलका भारतीय नागरिक हुन् । यस्तै सुन बोक्ने ट्याक्सी चालक र अन्य दुई भन्सार एजेण्ट पनि पक्राउ परेका छन् ।

सुन पक्राउ परेको विषयमा विभागसहित प्रहरीले अनुसन्धान तीब्र पारेको छ । यता पक्राउ परेको सुनको परिणाम नेपाल राष्ट्र बैंकमा जोखिदैछ ।

सुन बरामद भएपछि व्यवसायी दीपक मल्होत्राले भने पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?