शरणार्थी प्रकरणका आरोपीलाई निलम्बन गर्न के को दुविधा ? : अजयबाबु शिवाकोटी

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भुटानी शरणार्थी प्रकरणमा आरोप लागेको व्यक्तिलाई निलम्बन गर्नु पर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य शिवाकोटीले यदि शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए ।

उनले भने ‘ कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधाअचम्मकै छ । वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुप¥यो। होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपीहरू निलम्बन गर्नुपर्छ कि पर्दैन। ’

केन्द्रीय सदस्य खाँणले नेपाली कांग्रेसका कार्यकर्ता कहिल्यै पनि भ्रष्टाचारको पक्षपोषण नगरेको स्मरण गराए ।

उनले भने ‘ कांग्रेसकाकार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन्। बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सक्दैनन र हुँदैन पनि। तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?