सुन प्रकरण बारे छानबिन गर्न समिति गठन

लोकपथ
112
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बाहिरिएपछि भन्सार विभागले सो बारे छानबिन गर्न समिति गठन गरेको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् । समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् ।

बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएको छ ।

हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ । सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल, हर्क राई, अशोक लामासहित पक्राउ परिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?