नेकपा एसको बैठकमा अध्यक्ष नेपालले जावाफ दिँदै

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले जवाफ दिँदै छन् ।

ललितपुरको चम्पादेवीमा असार २९ देखि ३१ सम्म बसेको ६१औं बैठकमा पार्टीको आन्तरिक संगठन, वर्तमान राजनीति लगायतका विषयमा छलफल भएको थियो । ती विषयमा सचिवालय सदस्यहरूले राखेका विभिन्न जिज्ञासाहरूको आज अध्यक्ष नेपालले सम्बोधन गर्ने भएका हुन् ।

त्यसका साथै आज(बिहीबार)को बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीका विभिन्न एजेण्डामा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । बैठकले संगठन सुदृढिकरणका लागि अभियान, पार्टी सदस्यको जिम्मेवारी बाँडफाडका साथै पार्टीको आगामी कार्ययोजनासहितका विषयमा निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?