राष्ट्रिय सभा बैठक बस्दै, अर्थ समितिको बैठक ११ बजे

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेर बस्ने संसद् सचिवालयले जनाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि, आइतबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो भने सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिएको थियो ।

यसैबीच, अर्थ समितिको बैठक पनि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा मौद्री नीतिसहितका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?