१४ मङ्सिर २०८०, बिहीवार

नुवाकोटमा ४६ उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा, क-कसले लिए उम्मेद्वारी फिर्ता ?

२०७४,कार्तिक,८,बुधबार १६:१५

0
Shares

 नुवाकोट, ८ कात्तिक – मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि आज ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन् निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा आज नुवाकोटको प्रतिनिधि सभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (माले)का उम्मेदवार जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नरेन्द्रप्रसाद फुयाँल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ छन् यस्तै प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार दामोदर थापा क्षेत्री र प्रदेश सभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का दीपककुमार राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जन लोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक)का मधुसुदन रिसालले पनि उम्मेदवारी फिर्ता लिए यस्तै, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार शिवप्रसाद अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु  भएको छ । यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन -कोप–२८_ मा भाग लिन दुबई पुगेका

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१