त्रिभुवन विमानस्थलबाट भारी परिमाणमा सुन बरामद, दुई जना पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

आज (बुधबार) विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ ।

राजश्व अनुसन्धान विभागको विशेष टोलीले स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको छ । सुन कसको हो भन्नेबारे खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

बरामद भएको सुन तस्करीको अवैध सुनमध्ये हालसम्मकै भारी परिमाणमा रहेको बताइएको छ । घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?