कांग्रेस बैठकमा कोशी प्रदेशको नामकरण विवादको विषय उठान

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको नामकरण विवादको विषय उठेको छ । केशरकुमार बुढाथोकीले कोशी प्रदेशको नामकरण पछि उत्पन्न भएको विषयलाई उठान गरेका हुन् ।

‘प्रदेश १ को नामकरण विवाद छ । यहाँ पार्टी बोलेन । एक नम्बर प्रदेशको हाम्रो उपस्थिति छैन । हाम्रो उपस्थिति भए यो विषयमा पार्टी बोल्थ्यो आज ?,’ उनले प्रश्न गरेका छन् । ।

कोशी प्रदेशको किराँत समुदायसँग नामकरणबारे पार्टी नेतृत्वले सहमति खोज्नुपर्ने उनको भनाइ छ ।

‘त्यहाँ किराँत जागेका छन् । उहाँहरुले धेरै केही मागेका छैनन् । आफ्नो पहिचानसहितको प्रदेशको नाम मागिरहेका छन् । कांग्रेस चुप्प छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?