साँगामा बस दुर्घटना, ८ जना घाइते (भिडियोसहित)

लोकपथ
539
Shares

काठमाडौं । भक्तपुरको साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेल जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगाको पुलमुनि खसेको हो ।

बस सडकबाट करिब २५ मिटर तल खसेको हो । उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रजित केसीले जानकारी दिए ।

‘घाइते सबैको अवस्था सामान्य छ । सामान्य चोटपटकहरु लागेको छ । घाइतेहरुलाई मध्यपुरका विभिन्न अस्पतालहरुमा पठाइएको छ ।’ उनले भने ।

हाल घटनास्थलबाट बस निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

हेर्नुहोस् भिडियो : 

https://www.facebook.com/watch/?v=789766716020652

भिडियो : नारायण सापकोटाको फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?