कुन बैंकले कति कमायो खुद मुनाफा ? हेर्नुहोस् यस्तो छ अवस्था (सुचीसहित) 

लोकपथ
910
Shares
काठमाडौं । सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंकहरुले आर्थिक वर्ष २०८० को जेठ मसान्तसम्ममा आधा खर्ब रुपैंयाँ भन्दा बढी खुद मुनाफा कमाएका छन् ।
बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंर्कस एशोसियसनले उपलब्ध गराएको तथ्यांकहरु बैंकहरुले कुल ६७ अर्ब २३ करोड १५ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएका हुन ।
आव २०७९–०८० को जेठ मसान्तसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबै भन्दा कम नाफा सरकारी स्वामित्वको कृषि बिकास बैंकले कमाएको छ । यस अवधिमा नबिल बैंकले सात अर्ब ११ करोड ३५ लाख ८० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कृषि बिकास बैंकले एक अर्ब ५६ करोड ३९ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
ग्लोवल आईएमई बैक भने छ अर्ब ५० करोड छ लाख ३१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने दोस्रो ठुलो बैंक बन्न सफल भएको छ । तेस्रो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भने यस अवधिमा चार अर्ब ७६ करोड ५१ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनआईसी एशिया बैंकले भने यस अवधिमा चार अर्ब ६३ करोड १० लाख चार हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
यसैगरी राष्ट्रिय बाँणिज्य बैंक, एनएमबी बैंक, हिमालयन बैंक र प्राईम कर्मसियल बैंकले भने पछिल्लो अवधिमा क्रमशः चार अर्ब ४७ करोड ३४ लाख ४० हजार, तीन अर्ब ३२ करोड ७२ लाख ८० हजार, तीन अर्ब २९ करोड ८९ लाख ६० हजार र तीन अर्ब २१ करोड ६४ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
स्टान्र्डड चार्टड बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले भने क्रमश तीन अर्ब ११ करोड ३९ लाख ८० हजार, तीन अर्ब सात करोड ४२ लाख ४० हजार र तीन अर्ब छ करोड ६२ लाख ७० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । कुमारी, प्रभु, सानिमा, सिद्धार्थ र नेपाल एसबिआई बैंकले भने पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ९५ करोड ८४ लाख ३० हजार, दुई अर्ब ८९ करोड ५२ लाख १० हजार, दुई अर्ब २५ करोड ८७ लाख २० हजार, दुई अर्ब २२ करोड ५७ लाख ८० हजार र दुई अर्ब नौं करोड १७ लाख ६० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यि बाहेक लक्ष्मी, माछापुच्छे्, सिटिजन्स र सनराईज बैंकले क्रमशः एक अर्ब ६८ करोड ८८ लाख ४० हजार, एक अर्ब ६८ करोड ११ लाख ५० हजार, एक अर्ब ६८ करोड चार लाख १० हजार र एक अर्ब ५९ करोड ८६ लाख ९० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
कुन बैंकको नाफा कति ? (रकम रु १० लाखमा)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?