काठमाडौं । दहचोकका स्थानीयले सुरुङ मार्गका कारण भएको क्षतिपूर्तिका लागि सरकारले कुनै वास्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार सुरुङमार्गको दहचोकस्थित प्रारम्भ केन्द्रमा जम्मा भएर स्थानीयले, सुरुङमार्ग निर्माणका क्रममा पड्काइएको विष्फोटक पदार्थका कारण क्षति पुगेका घरलाई क्ष्तिपूर्ति नदिएको, पानीका मुहानहरु सुकेको र पानीका व्यवस्था गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन गरेको लगाएका विषय उठाउँदै उनीहरु विरोधमा उत्रिएका हुन् ।
पीडित समिति नै गठन गरेर आन्दोलन थालेका उनीहरुले आफ्ना माग पुरा नभए सुरुङ निर्माणको काम नै रोक्ने चेतावनी दिएका छन् ।
स्थानीय, रबी दानीले, आफूहरुलाई माग सम्बोधन गर्ने आश्वासन दिने तर कार्यान्वयन नगर्ने गरेकोले आन्दोलनमा उत्रिनु परेको उनले बताए । उनले भने ‘क्षतिपूर्ति, एक घर एक धारा नदिएसम्म काम हुन दिदैनौं । ’
सुरुङ मार्ग पीडित समिति अध्यक्ष तारा बहादुर खत्रिले, सुरुङ निर्माण आफूहरुका लागि खुसीको कुरा भएको भन्दै निर्माणका क्रममा क्षतिपुगेका स्थानीयले न्याय पाउनु पर्ने बताए ।
आफूहरुले मन्त्रीको समेत ध्यानाकर्षण गराएपनि समस्या समाधान नभएको भन्दै उनले अब कुनै पनि हालतमा माग पुरा हुनुपर्ने अडान राखे ।
सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । डिपिआर पास गर्दा नै स्थानीयका समस्यालाई वेवास्ता गरिएको स्थानीय प्रकाश रेग्मीको आरोप छ ।
उनले भने ‘बच्चालाई ललिपप देखाए जस्तो झुक्याइएको छ । स्थानीयलाई पीडा दिइएको छ । ’ यसअघि हिजो मात्रै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सो सुरुङ मार्गको निरीक्षण गरेका थिए ।
जोखिममा भएका घरहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने पनि उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया