काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटर छेउमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले सो वस्तु बम नभएको पुष्टि गरेको हो ।
शंकास्पद वस्तु राखेको थाहा पाएपछि घटनास्थल पुगेको नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा सो वस्तु बम नभएको पुष्टि गरेको हो ।

यसैबीच प्रहरीले सुन पसलमा शंकास्पद बस्तु राखेर जनजीवन त्रसित बनाउने खजाञ्ची पासवानलाई पक्राउ गरेको छ ।सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको जानकारी दिएपछि अनुसन्धान थालेको प्रहरीले उनलाइ पक्राउ गरी गौशालामा राखेको छ ।

पासवानले सो शंकास्पद वस्नु राख्ने क्रममा सटरमा हस्तलिखित पर्चा समेत टाँसेका थिए । सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’
५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पछि उनीहरु भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया