रेडक्रसको केन्द्रीय अध्यक्षमा प्रा. नेपाल, अरु को–को भए निर्वाचित ?

लोकपथ
126
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय सभाको विशेष महाधिवेशन साउन १ र २ गते काठमाडौमा सम्पन्न भएको छ ।

विशेष महाधिवेशनले आगामी २ वर्षे अवधिका लागि केन्द्रीय कार्यसमितिको चयन गरेको छ । केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य गरी जम्मा ३३ जना निर्वाचित हुने व्यवस्था छ । विशेष महाधिवेशनले रुपन्देहीका प्रा. सदुर्शनप्रसाद नेपाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अर्घाखाँचीकी राधा नेपाली (महिला) र डडेलधुराका सुरेन्द्रसिंह ऐर (खुल्ला), महामन्त्रीमा तेह्रथुमका भूपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा जाजरकोटका वीरबहादुर बस्नेत, उपमहामन्त्रीमा भक्तपुरका मनोजकुमार थापा र उपकोषाध्यक्षमा कास्कीका डोलराज पाण्डे निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी विशेष महाधिवेशनले महिला सदस्यतर्फ मुस्ताङका पुष्पा भट्टचन शेरचन, बैतडीका शान्ति चन्द र दाङका भगवती शर्मा निर्वाचित गरेको छ । प्रदेश अनुसार केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअनुसार कोशी प्रदेशबाट पाँचथरका कृष्णप्रसाद न्यौपाने (निर्विरोध(, मधेश प्रदेशबाट सर्लाहीका नागेन्द्रप्रसाद चौधरी (निर्वाचित(, बागमती प्रदेशबाट सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभँडेल (निर्विरोध), गण्डकीबाट स्याङ्जाका दिनेश अर्याल (निर्वाचित), लुम्बिनीबाट गुल्मीका अनुपकुमार श्रेष्ठ (निर्विरोध), कर्णालीबाट सुर्खेतका रामलाल आचार्य (निर्वाचित) र सुदूरपश्चिमबाट डोटीका लक्षीराम कुँवर (निर्विरोध) चयन भएका छन।

साथै, केन्द्रीय सदस्यहरुमा सल्यानका यौवनप्रकाश श्रेष्ठ, प्यूठानका गुमानराज पुलामी, तनहूँका प्रा. डा. कृष्णप्रसाद गौतम, बाराका सपूतबहादुर कार्की, दैलेखका भेषबहादुर थापा, रुकुम पश्चिमका शिबराम खत्री, नुवाकोटका विष्णुराज नेपाल, धादिङका नारायणप्रसाद तिमिल्सिना, धनुषाका नरेशप्रसाद सिंह, उदयपुरका बिनोदकुमार बस्नेत, कैलालीका उत्तम जोशी, रोल्पाका नौलसिंह पुन, रामेछापका शिबकुमार कार्की, चितवनका हरिप्रसाद पौडेल, ओखलढुङ्गाका मोहनकुमार श्रेष्ठ र सुनसरीका उमेश थापा निर्वाचित भएका छन।

नेरेसोको निर्वाचित कार्यसमितिको पदावधी नेरेसोको विधान (सत्रौं संशोधन) बमोजिम आगामी २ वर्षको हुनेछ ।

जम्मा २४२ प्रतिनिधिहरु मध्ये उपस्थित २०१ सभासदबाट आफ्नो मत जाहेर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?