गोरखा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीले ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् ।
आइतवार पत्रकारसँग कुरा गर्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वक्तव्य चिप्लिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुख नपाउने समेत बताएका हुन् ।
उनले भने, ‘सरकारले एक पछि अर्को गल्तीलाई दोहोर्याइ रहेको छ ।’
नेकपा अध्यक्ष प्रचण्डले वक्तव्य जारी गर्दै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए ।
प्रचण्डको वक्तव्य प्रति अमेरिकाले चासो देखाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया