वर्तमान सरकार कुहिरोका काग जस्तै गन्तव्यहीन: राप्रपा नेता लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले वर्तमान सरकार कुहिरोका काग जस्तै गन्तव्यहीन भएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाका सांसद समेत रहेका नेता लिङ्देनले आइतवार बिहान पत्रकारसँग कुरा गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्नुले सरकार सफलतातर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

देशभर नै विकासका समान तरिकाले बजेट विनियोजन गर्नुपर्ने बताउँदै नेता लिङ्देनले भने, ‘ केन्द्रबाट निकासा हुने विकास बजेटमा नेता कार्यकर्ताको नाममा जोडेर आउँछ ।’ 

उनले सरकार विकास निर्माणको काममा विधि र प्रक्रिया मिचेर अघि बढेको समेत टिप्पणी गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?