कालीमाटी तरकारी बजारको भाडा विवादमा

लोकपथ
0
Shares

सरकारले दुई वर्षका लागि कालीमाटी र बालाजु तरकारी बजारका पसलहरूको दुुईवर्षे नवीकरण गर्ने निर्णय गरेसँगै कृषि अभियन्ताले विरोध गरेका छन् । कृषि अभियन्ताले कालीमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने विवादास्पद सम्झौता खारेजीको माग गर्दै विरोध गरेका हुुन् । कालीमाटी बजार समिति बोर्डले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालको सहमतिमा गएको मङ्गलबार दुुई वर्षका लागि पुुनः सम्झौताको नवीकरण गर्ने निर्णय गरेको थियो । कृषि अभियन्ताले प्रतिस्पर्धाबाट किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने पसल सरकारले कानुनी व्यवस्थाविपरीत पुरानै व्यवसायीलाई दिएको भन्दै विरोध गर्दै आएका छन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?