होस् गर्नुस् है, घरमा आइपुग्ला ट्राफिकको चिट !

लोकपथ
0
Shares

तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ । ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो पटक स्वचालित क्यामरा जडान गरी तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउने चालकमाथि निगरानी तथा कारवाही सुरु गरेको छ । काठमाडौँ र ललितपुरमा पर्ने चक्रपथ तथा कोटेश्वर–सूर्यविनायक सडक खण्डमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र भित्री सहर र गल्लीमा ४० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा मात्र सवारी चलाउन पाउनुपर्ने व्यवस्था गरिएको खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?