काठमाडौं । रामहरि खतिवडाले नेपाली कांग्रेस अब नयाँ क्यालेन्डर अनुसार चल्ने दाबी गरेका छन् ।
मंगलबार कसेको केन्द्रीय समितिको बैठकपछि, पत्रकारहरुसंग कुराकानी गर्दै उनले अब कांग्रेस नयाँ क्यालेन्डर अनुसार अघि बढ्ने दाबी गरेका हुन् ।
‘हामी नेपाली कांग्रेसलाई सबै तह सबै अहिले ल्याएको क्यालेण्डर अनुसार चलाएर देखाउँछौं ।’ उनले भने ‘ अब जो जनु वडामा क्रियाशील छ त्यही वडामा गएर काम गर्ने वातावरण निर्माण गर्ने छौं ।’
त्यस्तै राजनीतिक मुद्दामा सरकारले फिर्ता लिने अधिकार राख्ने भन्दै व्यक्तिवादी मुद्दामा हस्तक्षेप हुन नहुने बताए ।
‘राजनीतिक पार्टीका मान्छेहरुलाई राजनीतिक मुद्दाको छ भने त्यो बारेमा सरकारलाई फिर्ता लिने अधिकार हुन्छ । यो व्यक्तिवादी हत्या अपराधको मुद्दा हैन् राजनीतिक मुद्धाको बारेमा हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया