काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलवार देखि काठमाण्डौमा पत्रकारकालागि तीन दिने फोटो पत्रकारिता तालिम शुरु भएको छ ।
विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ ।
यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए । पर्यटनको लागि फोटो आफैमा महत्वपूर्ण विषय हो । त्यसमाथी समाचारसंगै आउने फाटोले पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ । यो तालिमका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । ‘उनले भने ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताए ।
जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसंगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस भन्ने उद्धेश्यले यस प्रकारको तालीम आयोजना गरिएको बताए । उनले यसअघि पनि पत्रकार महीलाहरुकोमात्र सहभागितामा फोटा पत्रकारिता तालिम तालीम सम्पन्न भएको जानकारी दिए ।
तालीमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहीता लगायतका विषयमा बारेमा प्रशिक्षण दिएका थिए ।
यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको संचालन, फोटोको महत्व यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए । सहभागीलाई बधवार सुन्धारा, बशन्तपुर, रानीपोखरी लगाउतका स्थानमा लगी प्र्रयोगात्मक कक्षा संचालन गरिने एनएफपीजेका सदस्य तथ तालीम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया