२२ वटा नयाँ विभाग थप्न महामन्त्री थापाको प्रस्ताव

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २२ वटा नयाँ विभाग थप्न प्रस्ताव गरेका छन् । सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा उनले हाल कायम रहेको ४८ वटा विभागहरुमा २२ वटा थप गर्न गृहकार्य भइरहेको बताए ।

‘२२ वटा नयाँ विभाग थप्न प्रस्ताव भएको छ । गठनको थप आधारहरुमा पार्टीको महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि , क्रियाशील व्यक्तिलाई प्राथमिकता दिने, विभागको सदस्य ५१ जना भन्दा बढि बनाउन नपाईने । ’

उनले विभागको मनोनय दर्ता समावेशी प्रतिनिधित्व हनुपर्ने र एक जना पदाधिकारी सदस्यमा एक तिहाई महिला हुनु पर्ने बताएका छन् ।

पार्टीको कुनै पनि तहको कार्यसमितिको पदाधिकारी वा अन्य सदस्य र भातृ तथा सुभेच्छुक संस्थाको कार्यसमितिमा वहाल रहेको व्यक्तिलाई विभागमा समावेश गर्न नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?