३१ श्रावण २०७९, मंगलवार

विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

२०७४,कार्तिक,८,बुधबार १६:११

0
Shares

काठमाडौँ, ८ कात्तिक – काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको आज महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए उहाँले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताए । प्रहरी नायब उपरीक्षक गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने स्पष्ट पारे यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

स्वदेश फर्किदै नवाज सरिफ
 २०७९,श्रावण,३१,मंगलवार १३:२९
सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु
 २०७९,श्रावण,३१,मंगलवार १२:५७