कांग्रेस बैठक : रुपान्तरण अभियानको प्रतिवेदन बुझाउने तयारी

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकमा रुपान्तरण अभियान पक्षधरले प्रतिवेदन बुुझाउने तयारी गरेको छ ।

गत जेठ ११ गतेबाट शुरु भएको कांग्रेसको रुपान्तरण अभियानमा देशभरबाट आएका सुुझावहरु समेटिएको प्रतिवेदन बुुझाउन लागिएको हो ।

जसमा निर्वाचन प्रणाली सुधार, पार्टीको क्रियाशिल सदस्यता परिमार्जनदेखि पार्टी सुुदृढिकरण लगायतका २१ बुुँदाहरु समेटिएको कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए । उनका अनुसार समानुुपातिक निर्वाचन प्रणालीलाई हटाउँदै त्यसमा व्यापक सुधार लगायतका विषयहरु समेटिएका छन् ।

‘आज हामीले कांग्रेस केन्द्रीय कमिटी बैठकमा देशभर चलेको रुपान्तरण अभियानको प्रतिवेदन बुुझाउने तयारी गरेका छौँ ।’ उनले भने, ‘२१ बुुँदामा समेटिएको प्रतिवेदनमा देशभरबाट आएको कार्यकर्ताहरुको सुुझाव रहेको छ । जसमा समानुुपातिक निर्वाचन प्रणाली खारेज गर्दै सबैलाई समेटिने गरि निर्वाचन प्रणाली लागू गर्नेदेखि क्रियाशील सदस्यता प्रणालीमा सुधार लगायत बुुँदाहरु समेटिएका छन् ।’

गत जेठ ११ गतेबाट कांग्रेसको संस्थापन इतर समूहले सबै प्रदेशमा रुपान्तरण अभियान सञ्चालन गरेको थियो । जसमा तल्लो तहका कार्यकर्ताहरुको सुुझाव संकलन, पार्टीको सुदृढिकरण लगायतका विषयमा छलफल भएको थियो ।

यसअघि गत भदौमा बसेपछि करिब ११ महिनापछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?