विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

लोकपथ
871
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा पुगेको छ ।

शनिबार यता स्थिर जस्तै रहेको अमेरिकी डलरको भाउ आज घटेर आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ । क्यानडियन डलरमा आज सामान्य गिरावट आएको छ । आज एक डलर खरिद दर ९९ रुपैयाँ ५ पैसा र बिक्री दर ९९ रुपैया ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?