श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

लोकपथ
77
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो ।

बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ । सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?