नेपाल वायुसेवा निगमद्वारा ८३ करोड ऋण भुक्तानी

लोकपथ
143
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले ऋणको सावाँ व्याज भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत यही असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको हो ।

यस अघि निगमले २०७९ साल आषाढ देखि चैत्र सम्ममा दुई अर्व ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुंदै गएको छ । नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दे आइरहेको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत तिव्र गतिमा अघि वढाइएको छ ।

निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ । यसबाट आफ्नो राष्ट्रि«य उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?