एलओडीका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

लोकपथ
42
Shares

काठमाडौं । नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगाना रहेका छन् ।

सन्चालकहरुलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।

नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?