सुरक्षित कर्णाली अभियान : मुगुका घर–घरमा प्रहरीको सम्पर्कसहितको स्टिकर टाँसियो

लोकपथ
104
Shares

मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विषेश अभियान अन्तरगत मुगु जिल्लामा पनि यो अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुको आयोजना र छायाँनाथ रारा नगर पालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय मुगुका मातहतमा प्रहरी चौकीदेखी एम्बुलेन्सको सम्र्पक फोन नम्बर सहितको स्टिकर टाँस गरी अभियान सुरू गरिएको हो ।

सबै नागरिकलाई प्रहरी सेवामा सरल सहज पहुँचमा सेवा दिलाउने उद्देश्यका साथ छाँयानाथ रारा नगरपालिका भित्र रहेका प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बर सहित स्टिकर टाँस गर्ने अभियान शुरु गरिएको हो ।

अभियानको मुगु जिल्ला समन्वय प्रमुख मञ्जन कार्की छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी प्रमुख महेश बस्नेत,मुगु जिल्ला नागरिक समाज अध्यक्ष रुपबहादुर मल्लले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

जिल्लाको जुनसुकै क्षेत्रमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफूले असुक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि यो अभियानले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

नागरिकहरूको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुरर्याउन सकियोस्, अपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस् र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको मुगु प्रहरीको भनाइ छ ।

नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्ला भरिनै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीको मूलढोकामा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गरिनेछ । स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानीय तहसँग आवश्यक समन्वयबाट गरिएने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?