आपत्तिजनक तस्वीर र भिडियो थम्बनेल्सलाई ब्लर गर्न इन्स्टाग्राममा नयाँ फिचर

एजेन्सी । इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुको लागि नयाँ फिचर ल्याएको छ । 

इन्स्टाग्रामले आत्मघाती भड्काउने तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिक प्रयोगकर्ताको नजरबाट टाठा राख्न नयाँ फिचर ‘सेन्सेटिभिटी स्क्रिन’ ल्याएको हो । 

इन्स्टाग्रामका प्रमुख एडम मूसेरीका अनुसार उक्त फिचरण आपत्तिजनक तस्वीर र भिडियो थम्बनेल्सलाई ब्लर गर्नेछ । तर, प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि भने तस्वीर तथा भिडियो देखिनेछन् ।

बेलायती पत्रिका द टेलिग्राफमा दिइएको अन्तर्वार्तामा मूसेरीले भनेका छन्, एकजना बेलायती किशोरीको आत्महत्याका तस्वीर इन्स्टाग्राममा सार्वजनिक भएको थियो । सो घटनापछि आफूहरुलाई त्यस्तो फिचरको घोषणा गर्नु परेको बताए । 

उक्त किशोरीले इन्स्टाग्राममा आत्महत्यालाई उक्साउने खालका विभिन्न अकाउन्टहरुबाट तरिका सिकेर आत्महत्या गरेकी थिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?