नेकपा एसको बैठक बस्दै, महाधिवेशनसहितका विषयमा छलफल हुने

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका विषयमा छलफल शुरु भएको छ ।

कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबार देखि शुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ ।

शुक्रबार र शनिबार केही समय बसेर आज (सोमबार)का १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका अजेन्डामा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?