सामाजिक सञ्जालमा ओलीको सक्रियता, यूट्यूब च्यानल सब्स्क्राइब गर्न आग्रह

लोकपथ
63
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूूट्यूूब च्यानल सब्स्क्राइब गर्न आग्रह गरेका छन् ।

ओलीले केही समयदेखि ‘केपी बा’ नामक यूूट्यूूब च्यानलबाट आफ्ना धारणाहरु सार्वजनिक गर्दै आइरहेका थिए ।

ओलीले उक्त यूूट्यूूब च्यानलमार्फत् राजनीतिक जीवनमा घटेका घटनाहरुबारे भिडियो सेयर गर्दै आइरहेका थिए । वाककलामा पोख्त ओलीका अनुुभवहरुबारे सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न धारणाहरु सार्वजनिक गर्दै आइरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले उक्त यूट्यूब च्यानल सब्स्क्राइब गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल Subscribe गर्नुहोस् न है।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?