विधेयक निर्णयार्थ पेश नभएको भन्दै रास्वपा र राप्रपाको आपत्ति, बैठक स्थगित

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेसंगै रास्वपा र राप्रपाका सांसदले विरोध गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर रोष्ट्रम  घेराउ गर्न पुगेपछि बैठक अवरुद्ध भएको हो ।

यसअघि सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?