काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले, कृषि कार्यालयका कर्मचारीले किसानका काम नगरी दलको निर्देशनमा काम गर्ने गरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको शुन्य समयमा उनले जिल्ला जिल्लामा भएका कृषि कार्यालय पार्टीको काम गर्ने गरेको आरोप लगाएका हुन् ।
उनले भने ‘जिल्ला जिल्लामा कृषि कार्यालय छन् । ती कृषि कार्यालयले कृषिको काम गर्दैनन् । पार्टीको काम गर्छन । मेरो जुम्लामा त कतिसम्म छ भने अस्ति चार पाँच वटा स्याउका बुटा लगाएको १७ लाख भन्दाबढी सरकारबाट राहत पाएको छ । यहीबाट राहत मिलाएर लगिन्छ । ’
त्यस्तै सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनले आपत्ति जनाए ।
सहकारीहरुले जनताको पैसा लुटेको उनको आरोप छ । ‘जनताको पैसा उठायो । सहकारीमा राख्यो । लुट्यो । कति आनन्द हेर्नुस् त । तिनिहरुलाई कारवाही गर्ने कि नगर्ने ?’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया