काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले, नेपालको हवाई सुरक्षामा नियमनकारी संस्थाको लापरवाही देखिएको भन्दै आक्रोश पोखेकी छिन् ।
आईतबार बसेको प्रतिनीधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले विश्वमै सुरक्षित मानिने हवाई क्षेत्र नेपालमा निरन्तर ओरालो लागेकोप्रति उनको असन्तुष्टि छ ।
‘संसारका सबै भन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ। उडान सुरक्षाको यात्रा निरन्तर ओरालो लागेको छ। यो नियामनकारी असक्षमता र रेगुलेटरीय फेलियर हो । ’ उनले भनिन् ‘राज्य छ यात्रा गर्ने यात्रुले सुरक्षित छौं भनेर यात्रा गरेको हुन्छ । चालक वा एयरलाईन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन्। यदि त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खसेई हुन्थ्यो होला नी तर एयर लाईन्स नै जवाफदेही हुने भए यो नियामक निकाय किन चाईयो ?
पछिल्लो समय सोलुखुम्बु लिखु पिकेमा मनाङ एयरको दुर्घटना विदेशी सहित ६ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया