काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले, भूमिहीनका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको शुन्य समयमा उनले भूमिहीन र त्यसमा पनि लामो समयदेखि भोग चलन गर्दै आएकाहरुले समेत भूमिमाथि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।
सिन्धुपाल्चोक, पलाञ्चोक भगवती र बनेपाको बजार लगायतका देशका बिभिन्न ठाउँमा गुठीसमस्याबाट मानिसहरु पीडित रहेको भन्दै उनले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको सिपाघाटमा त्यही छ । बजार बसिसक्यो घरको नक्सा पास हुँदैन् तर घर बनाउँछन। चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतीमा २५ सय मानिसहरु जमिन आफ्नो नाममा छैन् तर कमाईरहेका छन् । छोराछोरी कसरी पढाउँछन् । यसको समस्याको समाधानको लागि माग गर्दछु ।’
गुठीको जग्गा प्रयोग गर्दै आएकाहरुलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया