प्रभू साहको प्रश्न- ‘अरुलाई कानुन सिकाउने वकिलहरुलाई कानुन लाग्छ कि लाग्दैन ?’

लोकपथ
42
Shares

काठमाडौं । सांसद प्रभू साहले वकिलहरुलाई कानुन लाग्छ कि लाग्दैन भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले अरुलाई कानुन सिकाउने वकिलहरुले मनपरी शुल्क लिइरहेको बन्दै उनीहरु कानुनप्रति जवाफदेही हुनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरेका हुन् ।

‘आज देशमा वकिलहरुले मनपरी फिस लिने गरेका छन् । वरिष्ठ वकिलहरुले बहस गर्दा झन्डै ५ लाख, १० लाख रुपैयाँसम्म लिएको हामी सुन्छौँ । आज यस्तो स्थिति छ कि एउटा गरिबले आफ्नो मुद्दामा वरिष्ठ वकिल राख्नै नसक्ने स्थिति पैदा भएको छ । फिस यसरी मनपरी राख्न दिने हो कि हैन ? अरु देशहरुमा कस्तो प्रचलन छ ? नेपालमा एउटा बस भाडा पनि सरकारले नियमन गरिरहेको हुन्छ, एउटा फ्याक्ट्रीको काम पनि सरकारले नियमन गरिरहेको हुन्छ भने एउटा वकिलले बहसमा कति रुपैयाँ लिने, लिखतमा कति पैसा लिने, परामर्शमा कति पैसा लिने त्यसको न्यूनतम र अधिकतम तोकिनुपर्ने हो कि हैन ?’ सांसद साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?