राष्ट्रपति पौडेलद्वारा ३ विधेयक प्रमाणीकरण

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेका हुन् ।

पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ३ विधेयक प्रमाणिकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?