पुनः १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
234
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गते अर्थात भोलि सोमबार पुन १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको हो । ट्रेजरी बिल खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । साउन दुई गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको १० अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँको रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुने ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि क्रमश २०८० साउन ३० गते र २०८० असोज ३० गते तोकिएको छ । यसअघि यही असार २५ गते पनि २७े अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?