एमालेको प्रचार विभागमा ११ जना सदस्य मनोनीत

लोकपथ
658
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार बसेको सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो ।

एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् । त्यस्तै, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन् । प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराईको नाम थपिएको छ ।

त्यस्तै एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?