काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको साँवा ब्याज सहित रकम अविलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत् प्रर्दशन गरेका छन् ।
आइतबार बिहान माइतीघरबाट सुरु गरेको प्रर्दशनमा उनीहरुले ‘भ्रष्ट सञ्चालक समितिलाई कारबाही गर’, ‘नेपाल सरकार पीडितलाई न्याय दे’ लगायतका विभिन्न नारा लगाउँदै जुलुस सहित सिंहदरबार प्रवेश गर्ने कोसिस गरे । उनीहरुको उक्त प्रयास रोक्न प्रहरीले बल प्रयोग गर्नु परेको थियो । विजुलीबजारबाट सिंहदरबार घेराउ गर्न जाने प्रयासमा रहेका कतिपय प्रर्दशनकारीलाई प्रहरीले हनुमानथानमा नै रोकेको थियो ।
कतिपयलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेर प्रहरी वृत्त अनामनगरमा लगेको छ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले गरेको प्रर्दशनमा बाक्लो संख्यामा उपस्थित प्रर्दशनकारी र प्रर्दशनका कारण विजुलीबजार,अनामनगर क्षेत्र लगायतका मुख्य सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया