प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
56
Shares

काठमाडौं । आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने कार्य तालिका रहेको छ ।

बैठकमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई कार्यसूचीमा राखिएको छ । कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र मन्त्री गुरुङले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?