सम्पादक पौडेललाई धम्क्याउने मेडिकल व्यवसायी प्रसाईँलाई कारबाही गर्न माग

लोकपथ
63
Shares

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले विकास न्यूज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कानुनी कारबाही माग गरेको छ ।

सङ्गठनका महासचिव रामकुमार एलनले आज एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारमाथि ज्यान मार्ने धम्की दिने कार्यको निन्दा गर्दै उक्त घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न आग्रह गरे ।

विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र प्रेसमाथि विभिन्न व्यक्ति, संस्था वा राज्य जुनसुकै पक्षबाट भएरगरेका धम्की दिने कार्यप्रति हाम्रो सङ्गठन विरुद्धमा रहने छ ।” विज्ञप्तिमा विभिन्न पत्रकार तथा सञ्चारगृहलाई समाचार प्रकाशित गरेवापत पटक–पटक धम्क्याउने व्यक्ति तथा समूहलाई कडा कारबाही गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्य पौडेललाई आफ्ना विरुद्ध समाचार नलेख्न भन्दै प्रसाईँले धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?