काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार भंग गर्न माग गरेको छ ।
नेकपा एमाले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको हो । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ ।
एमाले उपमहासचिव प्रदीप कोशीमा अहिलेको सरकार असंवैधानिक रुपमा गठन भएको निश्कर्ष निकालेर यसलाई भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको निर्णयको विरुद्धमा एमालेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न सरकारलाई आदेश दिएको छ भने यो मुद्दामा ७ साउनदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।
यस्तै एमालेले लम्पी स्किन रोग, मिटरब्याजसम्बन्धी विधेयक, किसानलाई रासायनिक मल अभाव, विश्वविद्यालयमाथि सत्ता संरक्षित विद्यार्थी संगठनहरुबाट भएको हस्तक्षेप लगायतको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।
नेकपा एमालेले सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया